केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गच्छदारको पार्टी सरकारमा जाँदै

सहयात्रा टिभी

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन अगावै फोरम सरकारमा सहभागी हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सो पार्टी आजै सरकारमा सहभागी हुने सम्भावना छ । आफूहरुको माग प्याकेजमा सहमति हुनासाथ सरकारमा सहभागी हुने कुरा गच्छदारले प्रधानमन्त्रीलाइ बताइसक्नु भएको छ । फोरमले कैलालीको टीकापुरमा भएको घटनामा पक्राउ परेकालाई अविलम्ब रिहाई गर्नुपर्ने, संविधान संशोधन, दोश्रो चरणको निर्वाचनको सुनिश्चितता लगायतका विषय अघि सारेको छ । श्रोतका अनुसार अध्यक्ष गच्छदार उप्रधान तथा स्थानीय विकास मन्त्री बन्नु हुनेछ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्