केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावपछि सबै विवाद मिल्छ –लेखक

सहयात्रा टिभी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राज्यका तीन प्रमुख अंग लगायत संविधान संशोधनमा देखिएका विवाद चुनावपछि हल हुने दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले न्यायापालिका र व्यवस्थापिका संसदबीचको विवाद र संविधान संशोधनको विवाद एकसाथ हल हुने दावी गर्नुभयो । संविधान संशोधनको विधेयकमा राजपा लगायत सरोकारवाला दल र सत्तारुढ दलमा कुनै मतभिन्नता नरहेको उहाँले बताउनुभयो । एमालेको सहयोग लिएर सर्वसहमतिमा संविधान संशोधन गर्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । मन्त्री लेखकले देशका बिभिन्न सथनमा कांग्रेस लक्षित तोडफोड र आगजनी भएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्