केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनिय हुन्छ –आयुक्त शर्मा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न हुने दावी गर्नुभएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय तथा जिल्लास्तरमा खटाउने पर्यवेक्षकका लागि गरेको प्रशिक्षणमा बोल्दै आयुक्त शर्माले निर्वाचन सफल गराउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले महिला, दलित, अल्पसंख्यकलाइ निर्भयका साथ मतदान गर्न पाउने अवसर दिलाउन पर्यवेक्षकलाइ ध्यान दिन सुझाव दिनुभयो । आयोगले पर्यवेक्षण गर्ने पर्यवेक्षकै गतिविधि पनि अनुगमन गर्ने बताउँदै आयुक्त शर्माले पहाडी र दुर्गम स्थानमा समेत समानरुपमा पर्यवेक्षक परिचालन गर्न आग्रह गर्नुभयो । आयोगले निर्वाचन पर्यवेक्षण गर्न ४९ संस्थालाई अनुमति प्रदान गरेको छ । आयोगले ३४ वटै जिल्लामा सहसचिव र सूक्ष्म अनुगमनकर्तालाई पनि सबै जिल्लामा परिचालन गरेको छ ।
यसपटकको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण नगरिए पनि नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ उपत्यकाभित्र अध्ययन गर्न चाहेमा आवश्यक व्यवस्था मिलाउने आयोगले जनाएको छ । आयोजक संस्था नियोकका अध्यक्ष हिमालयशम्शेर राणा र सदस्य कृष्णमान प्रधानले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि तटस्थ भएर पर्यवेक्षकको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नियोगले राष्ट्रिय पर्यवेक्षकका रुपमा करिब ८० जनालाई परिचालन गर्ने जनाएको छ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्