केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लगातारको बर्षापछि क्यानडामा संकटकाल

सहयात्रा टिभी

बिबिसि । लगातारको बर्षा र बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि क्यानडाको मोन्ट्रियल शहरमा संकटकाल घोषणा गरिएको छ । आपतकालीन अवस्था अझै ४८ घण्टासम्म रहने बिबिसिले जनाएको छ । क्यानडाको पूर्वमा पर्ने क्युबेक प्रान्तमा बाढीले १ हजार ९ सय घर बगाएको छ । सो क्षेत्रमा सर्वसाधारणको उद्दारका लागि १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । क्यानडाका रक्षामन्त्री हर्जित साजनका अनुसार बाढी प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग पनि शुरु भइसकेको छ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्