केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार सतर्क

सहयात्रा टिभी

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’ अर्थात् बट्टा वा प्याकेटको पुरै भाग छोप्नुपर्ने नियम लगाउने भएको छ । काठमाडौंमा सुरु ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ को उदघाटन गर्दै स्वास्थ्य मन्त्री गगन थापाले सन् २०१८ सम्ममा लागू गर्ने योजनासहित मन्त्रालयले यो विषयमा काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री थापाले सन् २०३० सम्ममा नेपाललाई सुर्तीजन्य पदार्थरहित पुस्ता निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । प्लेन प्याकेजिङ लागू भएमा चुरोट, सुर्ती, गुटखा लगायतका बट्टा वा प्याकेटमा कम्पनीको नाम तथा लोगो देखिने छैन । मन्त्री थापाले सुर्तीजन्य पदार्थ खरीदकर्ता तथा प्रयोगकर्ताको उमेर हद बढाएर २१ वर्ष पु¥याउने, सुर्तीजन्य पदार्थमा क्रमशः मूल्य वृद्धि गर्दै लैजाने र करको दायरामा ल्याउने जानकारी पनि दिनुभयो । तालिममा दक्षिण एसियाका आठ देशका सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सुर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा कार्यरत सरोकारवाला लगायत ७२ जना प्रतिनिधि सहभागी छन् । तालिम सात दिनसम्म चल्नेछ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्