केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले ‘वान वेल्ट वान रोड’ मा हस्ताक्षर गर्ने

सहयात्रा टिभी

काठमाडौं । सरकारले वान वेल्ट वान रोडमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनको योजनामा बन्न लागेको वान बेल्ट वान रोड अर्थात ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । यसअघि नेपालका प्रधानमन्त्रीसहित सरकारका बिभिन्न मन्त्रीहरुले वान वेल्ट वान रोडमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएपनि नीतिगत रुपमा अघि बढाउन सकेका थिएनन । ओविओआर चीनले नीकै प्राथमिकतामा राखेको योजना हो । सरकारले औपचारिक रुपमै यो प्रस्ताव स्वीकार गरेपछि अब नेपाल र चीनबीच पुराना सहमति र सम्झौताले पनि गति पाउने अनुमान गरिएको छ । यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृत दिएको छ । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै २९ गते श्रीलंका जाने कार्यक्रम रहेको छ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्