केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख २८ गते मतदाता परिचयपत्र वितरण

सहयात्रा टिभी

निर्वाचन आयोगले आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि वैशाख २८ गते बिहीबारदेखि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । यसपटकदेखि मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले मतदानको तीन दिनअघि बिहीबार, शुक्रबार, शनिबार मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो। पहिलो चरणअन्तर्गत मतदान गर्ने ४९ लाख ५६ हजार नौ सय २५ मतदाताको परिचयपत्र छपाइ सकेर जिल्लामार्फत मतदान केन्द्र पठाउने काम सुरु भइसकेको छ।  मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्रस्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा ‘फिचर’ रहेको तस्बिरसहितको मतदाता परिचयपत्र तयार पारेको छ । कागजमा छपाइ गरिएको परिचयपत्र लेमिनेसन गरिएको छ ।

 

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्