केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नयाँ सरकार निर्माणको गृहकार्यमा

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहेकाबेला नेकपा एमाले भने नयाँ सरकार निर्माणको गृहकार्यमा लागेको छ । पार्टी सचिव योगेश भट्टराईले एमाले नयाँ सरकारको निर्माणमा लागेको पुष्टि गर्नुभएको हो । पार्टी प्रचार बिभागले गरेको पत्रकार सम्मेलन बोल्दै सचिव भट्टराईले दोस्रो चरणको निर्वाचन एमालेको नेतृत्वमा हुने दावी गर्नुभयो । कार्यक्रममा सचिव भट्टराईको भनाइमा बल पुग्ने गरी वरिष्ठ नेता झलनाथ खनालले अहिलेको सरकारको ध्यान निर्वाचनतर्फ नभइ अदालततीर भएकाले नयाँ सरकारको तयारी भैरहेको संकेत गर्नुभएको थियो ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्