निर्वाचनको मुखमा सरकार बिस्तार, गच्छदारको पार्टी सरकारमा

सहयात्रा टिभी

काठमाडौं । बिजय गच्दार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ । फोरमका माग सम्बोधन गर्न सरकार तयार भएपछि सरकार बिस्तार भएको हो । नेपाल लोकतान्त्रिक पार्टी उपप्रधानमन्त्री र शक्तिशाली तीनवटा मन्त्रालयसहित सरकारमा सहभागी भएको हो । पार्टी अध्यक्ष विजय कुमार गच्छदारले उप–प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्नु हुनेछ । उहाँले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । सो पार्टीका अन्य दुइ मन्त्री जितेन्द्र देव र गोपाल दहिदले पर्यटन र भूमिसुधार मन्त्रालय सम्हाल्नु हुनेछ । यसअघि यी दुइ मन्त्रालयले राप्रपाले सम्हालिरहेको थियो । प्रधानन्यायाधीश बिरुद्धको महाअभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपा सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपालाई पुनः सरकारमा ल्याउने इच्छा देखाएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले रुची नदेखाएको बुझिएको छ ।।
बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेकाबेला मन्त्रिपरिषद् बिस्तार भएको हो ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्