केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

सहयात्रा टिभी

बिबिसि । दक्षिण कोरिया राष्ट्रपति चयनका लागि आज मतदान भैरहेको छ ।
भ्रष्टाचार आरोपमा राष्ट्रपति पार्क गुन हेलाइ पदबाट हटाएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । राष्ट्रपतिका लागि बिभिन्न पार्टीका १३ जना चुनावी मैदानमा उत्रिएका छन । बामपन्थी उम्मेदवार मुन जे इन सबैभन्दा बलियो उम्मेदवार मानिएका छन । मध्यमार्गी बिचारधारा बोक्ने आन चल सू ले मुन जेलाई कडा टक्कर दिने अनुमान गरिएको छ । उत्तर कोरियासंग दैनिक तनाव बढिरहेकाबेला दक्षिण कोरियाको नयाँ नेतृत्वका विषयमा सबैको ध्यान तानेको छ । मुन जे इन उत्तर कोरियासंग सम्र्पक बढाउन चाहने नेता हुन । पूर्व राष्ट्रपति पार्क गुन हेले उत्तर कोरियासंगको सबै प्रकारको सम्बन्ध समाप्त पारेका छन ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्