हैदरावाद विजयी, आज पञ्जाब र कोलकता भिडने
भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति हैदराबादले मुम्बई इण्डियन्समाथि सात विकेटको जित निकालेको हो । १ सय ३९ रनको लक्ष्य हैदराबादले खेल सकिन दश बल अगावै तीन विकेटको नोक्सानीमा पूरा ग¥यो । उसका लागि शिखर धवनले ६२ तथा मोइसिस हेनरिक्सले ४४ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित बीस ओभरमा सात विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए । बलिङतर्फ हैदराबादका सिद्धार्थ कौलले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए । हारका बावजूद अन्तिम चारमा प्रवेश गरिसकेको मुम्बई तालिकाको शीर्ष स्थानमा कायमै छ भने हैदराबाद चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज किंग्स एलाभेन पञ्जाब र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।