केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनताको पक्षमा काम गर्नेलाइ मतदान गर्न प्रकाशमानको आग्रह

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्ने क्रममा नेता सिंहले कांग्रेसले संविधान ल्याएकाले कांग्रेसका पक्षमा मतदान गर्न अपील गरे । ‘कांग्रेसको नेतृत्वमा संविधान, कांग्रेसकै नेतृत्वमा आर्थिक विकास हुन्छ । कांग्रेसले जनताको पक्षमा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएको छ ।’ सिंहले भने । स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनेको बताएका नेता सिंहले भने, ‘कांग्रेसले संविधान ल्याउन ठूलो भूमिका खेल्यो । अब विकासको नेतृत्व पनि कांग्रेसले गर्छ ।’
कांग्रेस नेता सिंहले कसैलाई गालीगलौज गरेर कांग्रेसका उम्मेदवारहरूले मत नमाग्ने बताउँदै भने, ‘कांग्रेसले काम गरेर देखाउँछ । धेरै गफ लगाउँदैन । हाम्रा उम्मेदवारहरूले चुनावमा जिते भने गाउँ र नगरमा आर्थिक क्रान्ति ल्याउने उनले बताए ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्