केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनमा आउने वातावरण बनाइदिन सरकारलाइ राजपाको आग्रह

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले स्थानीय चुनावमा भाग लिने वातावरण तयार पारिदिन सरकारसंग आग्रह गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसंग भएको छलफलका क्रममा राजपा नेताहरुले संविधान संशोधन गरी चुनावमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले बिधेयक पारित गराउन सरकारकोतर्फबाट पहल भैरहेको बताउनु भएको थियो । बैठकमा संविधान संशोधन, दोस्रो चरणको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थप्ने लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले तराईमा स्थानीय तहको संख्या बढाउन दलहरुबीच एकता हुनुपर्ने बताउनुभएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्