केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखाको गौरीशंकर गाउँ पालिकाको जुगुमा एमाले कार्यकर्ताको हत्या

सहयात्रा टिभी

दोलखा । दोलखाको गौरीशंकर गाउँ पालिका २ स्थित जुगुमा एक एमाले कार्यकर्ताको हत्या भएको छ चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका ३३ वर्षीय कुलबहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ गौरीशंकर गाउ“ पालिकाका एमाले उम्मेदवार गोरे तामाङका छोरा हुन् । माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका एमालेको आरोप छ । मृतक तामाङको टाउकोमा भाला र खुकुरीको गहिरो चोट लागेको छ । घटनामा स्थानीय दिलबहादुर बुढाथोकी पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्