केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दलहरुको घरदैलो अभियान तीव्र

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसंगै दलहरुले घर दैलो अभियानलाइ पनि तिव्रता दिएका छन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत निर्वाचनमा भाग लिएका सबै दल र स्वतन्त्र उम्मेदवारहरुले आफनो घर दैलो अभियान तीव्र पारेका हुन । घर दैलो अभियानका क्रममा रहेका कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसकै नेतृत्वमा शान्ती र संबिधान आएकोले मुलुकको बिकास पनि कांग्रेसकै नेतृत्वमा हुने दावी गर्नुभयो । नेता सिंहले स्थानीय तहको निर्वाचनमा सही नेतृत्व छान्न मतदातालाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेदवार बनेका राजुराज जोशीले भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफनो मुख्य एजेन्डा रहेको बताउनुभयो ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्