केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शीर्ष नेताहरु निर्वाचन आयोगमा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आफनो काम कारवाही र दलहरुले गर्नुपर्ने कामका बारेमा जानकारी दिन दलहरुका आयोगको कार्यालयमा बोलाएको छ । प्रायः सबै दलका शीर्ष नेता निर्वाचन आयोग पुगेका छन । आयोगका पदाधिकारी र दलका नेताहरुबीच निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल भैरहेको छ । आचार संहिता उल्लंघनका घटनामा बृद्धिपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलका नेताहरुसंग गुनासो गर्दै आउनु भएको छ । बैठकमा निर्वाचन सकिए लगत्तै हुने मतगणनासम्बन्धमा पनि कुरा उठेको छ ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्