केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ राष्ट्रपतिको उत्तर कोरिया जाने इच्छा

सहयात्रा टिभी

बिबिसि । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे–इनले उत्तर कोरियासँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मुनले उपयुक्त वातावरण भए प्योङयाङको भ्रमण गर्न समेत इच्छुक रहेको बताउनुभयो । राष्ट्रपति मुनले सियोलस्थित राष्ट्रिय सभामा पदको शपथ लिनुभएको छ ।  शपथ ग्रहणलगत्तै नवनिर्वाचित राष्ट्रपति मुनले कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभयो । त्यसका लागि अमेरिका, चीन, जापानसँग तत्काल छलफल शुरु गर्ने उहाँको भनाई थियो । उहाँले मुलुकको आर्थिक मुद्दालाई प्राथमिकता दिने तथा भ्रष्टाचार लगायत कारणले विभाजित मुलुकलाई एकताबद्ध पार्ने प्तिवद्धता व्यक्त गर्नुभएको छ । यसअघिकी राष्ट्रपति पार्क ग्युन–हेमाथि भ्रष्टाचारको आरोप लागेपछि पदबाट हटाइएकी थिईन् ।

 

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्