केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेठको पहिलो हप्ता कांग्रेस नेतृत्वमा सरकार– थापा

सहयात्रा टिभी

काठमाडौं । स्वास्थ्य मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेठको पहिलो साता सरकारको नेतृत्व कांग्रेसले लिनु दावी गर्नुभएको छ । नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गर्नुभएको हो । थापाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीचको पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व फेरिन लागेको जानकारी दिनुभयो । उहाँले संविधान कार्यान्वयन र निर्वाचनका लागि वर्तमान गठबन्धन कायमै रहने धाराण राख्नुभयो । कांग्रेसले आफनो नेतृत्वमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने उहाँले बताउनुभयो । नेता थापाले बिपक्षी नेकपा एमालेले केन्द्र र प्रदेशको चुनावमा पनि प्रतिपक्षी नै भएर बस्नुपर्ने टिप्पणी गर्नुभयो ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्