केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजाराम भन्छन –काठमाडौंका जनताको आय र आयु बढाउँछु

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि राप्रपा र एमालेका उपमेयरका साझा उम्मेदवार राजाराम श्रेष्ठले काठमाडौंका जनताको आयु र आय बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ । चुनावी प्रचार अभियानमा रहेका नेता श्रेष्ठले आयु बढाउन यहाँको वातावरण, स्वच्छता, सरसफाइ, खाद्यान्न, खानेपानी, फोहरमैला व्यवस्थापन लगायतका विषयमा आफूमा केन्द्रीत हुने बताउनुभयो । आयु बढाउन सर्वसाधारणको आय पनि महत्वपूर्ण भएकाले रोजगारीका अवसर सृजना गर्न, उद्योगी ब्यापारीको प्रोत्साहन गर्न, व्यवस्थित शहरीकरण लगायत स्वरोजगारका योजना आफूसंग रहेको बताउनुभयो । उहाँले आफूले जनतासमक्ष व्यक्त गरेको मन्तव्य अनुसार गन्तव्य स्पष्ट गरेकाले काम गर्न कुनै कठिनाइ नभएको धारणा राख्नुभयो । आफूसंग बिगतमा पनि मेयर भएर काम गरेको अनुभव भएकाले काठमाडौं महानगरपालिकालाई नमूना योग्य सभ्य र समृद्ध शहर बनाउन आफू सफल हुने उहाँको दावी छ ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्