केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आचारसंहिता उल्लंघन नगर्ने शीर्ष नेताहरुको लिखित प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौं । राजनीतिक दल र नेताहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्न थालेपछि निर्वाचन आयोगले उनीहरुलाइ आचारसंहित उल्लंघन नगर्ने लिखित प्रतिबद्धता गराएको छ । आयोगले बुधवार सबै राजनीतिक दलका शीर्ष नेताहरुलाइ आयोगको कार्यालयमा बोलाइ ‘आचारसंहिताको अक्षरशः पालना गर्नेछु’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो । दलका नेताहरुले पनि आयोगको निर्देशन अनुसार कान्तिपथस्थित आयोगको कार्यालय पुगी प्रतिबद्धतामा पत्रमा हस्ताक्षर गरेका थिए । यसरी हस्ताक्षर गर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवास नेम्वाङ, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजय गच्छदार लगायत थिए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै पार्टीका उम्मेदवारहरुले आचारसंहिताको पालना गरे मात्रै निर्वाचन सहज हुने बताएका थिए । प्रमुख आयुक्त यादवले एक महिनासम्म मतपेटिका राख्न नमिल्ने भएकाले तत्काल मत गणना गरिने जानकारी दिए । यादवले दोलखामा एमाले उम्मेदवार मारिएको घटनामा निर्वाचन आयोगले संवेदनशिल भएर अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्