केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट मतदाता परिचयपत्र बितरण, राती १२ बजेबाट मौन अवधि

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अनिवार्य मानिएको मतदाता परिचयपत्र आजबाट वितरण गर्दैछ । पहिलो चरणमा यही वैशाख ३१ हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनका लागि तीन दिनसम्म परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचय पत्र बिहीबार, शुक्रबार र शनिबार वितरण गरिने छ । परिचयपत्र सम्बन्धित मतदान केन्द्रमा वितरण हुनेछ । मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र प्राप्त गर्न सक्नेछन् । आयोगले आफै उपस्थित भएर परिचयपत्र लिन मतदातालाई आग्रह गरेको छ । निर्वाचन आयोगले यसपटक चारवटा विभिन्न सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र बनाएको छ पुरानो मतदाता परिचयपत्र मान्य नहुने आयोगले स्पष्ट पारेको छ । यसैबीच, निर्वाचनको मौन अवधि पनि आजबाट सुरु हुँदैछ । राति १२ बजेपछि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन पाइने छैन ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्