केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एफबिआइ निर्देशकलाइ बर्खास्त गर्ने निर्णय सही –ट्रम्प

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी एफबिआइका निर्देशकलाई बर्खास्त गर्ने आफनो निर्णय उपयुक्त र जायज भएको बताएका छन । एफबिआइ निर्देशक जेम्स कोमीलाइ बर्खास्त गर्ने निर्णयको चौतर्फी बिरोध भएपछि उनले आफनो निर्णयको बचाउ गरेका हुन । हिलारी क्लिन्टनका इमेलको जाँच गरिरहेका जेम्सले आफूलाइ गलत सूचना दिएको उनको आरोप छ । कोमी क्लिन्टनका इमलेकासाथै रुससंगको सम्बन्धका विषयमा जा“च गरिरहेका थिए । कोमीलाइ बर्खास्त गरेपछि ट्रम्पमाथि अपराधिका मामिलामा पनि हस्तक्षेप गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले भने कोमीको ठाउ“मा निकै उपयुक्त र प्रभावकारी रुपमा काम गर्न सक्ने व्यक्तिलाइ चाँडै नियुक्त गर्ने बताएका छन ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्