केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान

सहयात्रा टिभी

चट्याङ लागेर उम्मेद्वारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्