आइजिपीको सुनुवाइ स्थगित
सहयात्रा टिभी
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्वन्धी मुद्दाको सुनुवाइ आजपनि स्थगित भएको छ । सर्वोच्च प्रशासनले मुद्दा दैनिक पेसी सूचीबाट स्थगित गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन । मुद्दाको सुनुवाइ स्थगित भएको यो दोस्रो पटक हो । मुद्दाको प्रकरणलाई लिएर प्रधानन्यायाधीश कार्कीमाथि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले महाभियोग दर्ता गरेपछि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दाको सुनुवाइ स्थगित गरेका थिए ।