केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा विवाह समारोह चलिरहँदा २४ जना मरे

सहयात्रा टिभी

भारत । भारतमा एक बिवाह समारोहमा पर्खाला भत्किदा २४ जनाको मृत्यु भएको छ । उत्तर भारतको राजस्थान एक विवाह समारोह चलिरहेकाबेला एक्कासी पर्खाल भत्किएको थियो । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् । भारी बर्षाहुँदा बिवाहका पाहुनाहरुले एक टहरमा आश्रय लिएको बेला पर्खाल भत्किएको थियो । २७ मिटर लामो १२ फिट अग्लो सो पर्खाल एक्कासी भत्एिको थियो । घाइते मध्ये १५ जनाको अवस्था गम्भीर छ । उनीहरुको जयपुरको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् । घटनास्थल राजधानी दिल्लीदेखि २ सय किलोमिटर दक्षिण पर्दछ ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्