केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घर–घर पुगेर भोट माग्दै पशुपति

सहयात्रा टिभी

सिन्धुपाल्चोक । उमेरले ७० काटेपनि राप्रपा वरिष्ठ नेता पशुपतिशम्शेर राणा राजनीतिमा पूर्ण सक्रिय हुनुहुन्छ । स्थानीय चुनाव लागेपछि त झन राणा युवा नेता कार्यकर्ता भन्दा पनि बढी खटिनु भएको छ । केही दिन लगातार सिन्धुपाल्चोकका ग्रामीण क्षेत्रमा घरदैलो गरेका राणा पुनः भोट माग्दै गाउँ पुग्नु भएको छ । राणाले जिल्लाका दुवाचौर, मेलम्ची नगरपालिका, चौतारा, फटकशिला लगायतका गाउँका जनतासंग भेटघाट गरिसक्नु भएको छ । सकभर सबै गाउँका घर–घरमा पुग्ने उहाँको लक्ष्य छ । राणा गाउँ पुगेपछि बिभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन । राणाले सबैलाइ स्वागत गर्दै स्थानीय जनताका गुनासा र इच्छा पनि ध्यानपूर्वक सुन्नुभयो । आफ्नो क्षेत्र र गृहनगरको चुनावलाई प्राण र प्रतिष्ठाको विषय बनाउँदै विभिन्न दलका केन्द्रीय नेता उम्मेदवारसँगै घरदैलो गरेर भोट माग्न व्यस्त रहेकाबेला राणा पनि सक्रिय हुनुभएको हो ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्