केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफू कुनै अनुसन्धानको घेरामा नरहेको ट्रम्पको दावी

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि अनुसन्धान भैरहेको कुरा झूठो भएको दावी गरेका छन । बिबिसिलाइ अन्तवार्ता दिंदै राष्ट्रपति ट्रम्पले एफबिआइ निर्देशक जेम्स कोमीलाइ बर्खास्त गर्नु आफनो एकल निर्णय भएको बताए । जेम्सलाइ बर्खास्त गर्नुको कारण ट्रम्प स्वयं अनुसन्धानको घेरा भित्र रहेको बताइएको थियो । ट्रम्पले बर्खास्त गर्नुअघि जेम्सलाइ आफूमाथि अनुसन्धान भैरहेको विषयमा के हो भनी सोधपुछ गरेका थिए । जवाफमा जेम्सले राष्ट्रपति छानबिनको दायरमा नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन । रुससंगको सम्बन्ध र हिलारी क्लिन्टनका इमेलबारे अनुसन्धान गरिरहेकाबेला जेम्स बर्खास्तीमा परेका हुन ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्