केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पञ्जावको प्लेअफ सम्भावना कायमै, आज दिल्ली र पुने भिडने

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स एलाभेन पञ्जाब विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पञ्जाबले मुम्बई इण्डियन्समाथि सात रनको जित निकालेको हो । २ सय ३१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित बीस ओभरमा ६ विकेट गुमाएर २ सय २३ रनमात्र जोड्न सक्यो । उसका लागि लेण्डिल सिमोन्सले ५९ तथा केरोन पोलार्डले नटआउट ५० रन बनाए । बलिङतर्फ पञ्जाबका मोहित शर्माले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित बीस ओभरमा तीन विकेटको नोक्सानीमा २ सय ३० रन बनाएको थियो । उसका लागि रिद्दिमान शाहले ९३ रनको इनिङ खेले । ५५ बल खेलेका शाह तीन छक्का र ११ चौकाको मद्दतले ९३ रनमा अविजित रहे । त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले विष्फोटक ४७ रन बनाए । हारका बावजूद मुम्बई तालिकाको शीर्ष स्थानमै रहेको छ भने जितपछि पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना जिवितै छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र राइजिङ पुने सुपरजायन्टबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्