केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति थाइल्याण्ड र श्रीलंकाको भ्रमणका लागि प्रस्थान

सहयात्रा टिभी

राष्ट्रपति बिद्या भण्डारी श्रीलंकाको पाँच दिने औपचारिक भ्रमणका लागि आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी थाइल्यान्ड हुँदै श्रीलंकाको भ्रमणका लागि निस्कनु भएको हो । श्रीलंकासंग सिधा उडान नभएकाले राष्ट्रपति भण्डारी बिहान १०.१५ बजेको नेपाल एयरलाइन्सको उडानमा थाइल्यान्ड प्रस्थान गर्नुभएको हो । थाइल्यान्ड पुगेलगत्तै राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्नुहुनेछ । बैंककमा एक दिन बसेर राष्ट्रपति शनिवार श्रीलंका पुग्नु हुनेछ । बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारी जेठ २ मा स्वदेश फर्किनु हुनेछ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्