केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राज्यमन्त्री चौधरीको सपथ

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक कार्यक्रमबीच चौधरीले शपथ ग्रहण गर्नुभएको हो । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन जना गत मंगलवार सरकारमा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै सोही पार्टीका चौधरीलाई राज्यमन्त्री बनाउनुभएको हो । लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री, जितेन्द्र देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार मन्त्री बन्नुभएको थियो ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्