केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिका र चीनबीच व्यापार सम्झौता

सहयात्रा टिभी

बिबिसि । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । दुई मुलुकबीच भएको १० बुँदे सम्झौताले चिनियाँ बजारलाई अमेरिकी क्रेडिट रेटिङ एजेन्सी तथा क्रेडिट कार्ड कम्पनीहरुसम्म पुग्न बाटो खुलेको छ । सम्झौताअनुसार अमेरिकी मासु आयातमा चीनले लगाएको प्रतिबन्ध फुकुवा भएको छ भने चीनले अमेरिकाको तरलीकृत प्राकृतिक ग्यासलाई स्वीकार गर्ने भएको छ । सम्झौतामा चिनियाँ बैंकहरु अमेरिकी बजारमा पुग्नसक्ने उल्लेख छ । अमेरिका र चीनबीच भएको यो सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेईजिङप्रतिको दृष्टिकोण केही हदसम्म सकरात्मक भएको बिश्लेषण गरिएको छ । चीनका उप–अर्थमन्त्रीले भने दुई मुलुकबीच भएको आर्थिक सम्झौतालाई राजनीतिकरण नर्गन आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्