केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैकल्पिक उर्जा प्रवद्र्यन केन्द्रलाई बिश्व बैंकको अवार्ड

सहयात्रा टिभी

काठमाडौं । विश्व बैंकले लघु जलबिद्युत आयोजनामार्फत ग्रामीण जीवनमा सुधारल्याएको भन्दै बैकल्पिक उर्जा प्रवद्र्यन केन्द्रलाई ‘इन ओबसन अवार्ड’ प्रदान गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयमा आयोजित समारोहमा विश्व बैंकका नेपालस्थित निर्देशक टाकुया कामाताले उर्जा प्रवद्र्यन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालाई अवार्ड प्रदान गर्नुभयो ।
केन्द्रले लघु जलबिद्युत स्वच्छ विकास संयन्त्र आयोजनाको ‘नविन परिणामाआधारित लगानी’ तर्फ उक्त पुरस्कार पाएको जनाएको छ । आयोजनाले सरकारको नवीकरणीय अनुदान नीति अन्तर्गत निर्मित करिब १५ मेगावाट क्षमताका कुल ४ सय ५० वटा लघु जलबिद्युतलाई संयोजन गरिरहेको छ । केन्द्रले हरेक आयोजना निर्माणको चरणमा औसत ४६ जना तथा आयोजनाको निर्माण सम्पन्न भएपछि तथा आयोजन संचालन गर्न औसत ३ जनालाई रोजगारी प्रदान गरेको छ ।
बिश्व बैंक अन्तर्गतको यो आयोजनासन २००३ मा बिभिन्न दातृ निकायको सहयोगमा स्थापना भएको थियो ।
कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी, मन्त्रायका सचिव डा. विश्वनाथ ओली लगायतले ग्रामीण क्षेत्रको विकासमा थप नयाँ काम गर्ने हौसल मिलेको बताउनुभएको थियो ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्