केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘निर्वाचनको सबै तयारी पूरा, आचारसंहिता उल्लंघन गरे उम्मेवारी रद्द ’

सहयात्रा टिभी

काठमाडौं । ‘निर्वाचनको सबै तयारी पूरा, आचारसंहिता उल्लंघन गरे उम्मेवारी रद्द ’
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणका तीन प्रदेशमा भोलि मतदान हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । भोलि प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हुन लागेको हो । प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् । त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् । पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बा“की नराखेको बताउनुभएको छ । उहाँले निर्वाचन महाभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभयो । यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न÷गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गर्नुभयो । यस्तै निर्वाचन आयोगले मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटना छानबिन गरेर कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले मौन अवधिमा आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार गरे उम्मेदवारी नै रद्द गर्नेसम्मको सजाय हुने चेतावनी दिनुभयो ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्