केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव बिथोल्ने योजना बनाउँदै गर्दा सुनसरीबाट ६ जना पक्राउ

सहयात्रा टिभी

सुनसरी । निर्वाचन विरोधी गतिविधीमा संलग्न रहेको आशंकामा सुनसरीबाट नेत्रबिक्रम चन्द्र नेतृत्वको माओवादीका ६ कार्यकर्ता पक्राउ परेका छन् । सुनसरी प्रहरीले उनीहरुलाई वराह नगरपालिका ८ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी योगेन राई, धरान नगर कमिटी अध्यक्ष सुरज राई, अनेमसंघ जिल्ला संयोजक खड्गकुमारी राई, सदस्य मिनाराज धामी सहित अमृत लिम्बु र क्षितिज राई रहेका छन् । पक्राउ परेका खड्गकुमारी र सुरज राई श्रीमान श्रीमती हुन् । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । गोप्प भेलामा सहभागि भएको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्