केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मौन अवधिमा एकपछि अर्को विवाद, मन्त्री गौचन र थापामाथि दुर्व्यवहार

सहयात्रा टिभी

मुस्ताङ । स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा नेता, उम्मेदवार तथा दलका कार्यकर्ता एकपछि अर्को विवादमा पर्न थालेका छन । प्रायः आचारसंहिता उल्लंघनका घटना बढी देखिएका छन । निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनाका दर्जनौ उजुरी दर्ता भैरहेकाबेला हिमाल पारीको जिल्ला मुस्ताङमा भने वाणिज्य मन्त्री रोमी गौचन नै विवादमा मुछिएका छन । उनलाइ मतदातालाई पैसा बाँडेको आरोप लागेपछि जोमसोम बजार तनावग्रस्त बनेको छ । उनको विरोधमा कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारले प्रदर्शन गरेका छन । उनीहरुले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ । मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीयको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ–ठाउँमा मुढा तेस्र्याएका छन । सवारी नचल्दा मुक्तिनाथ जान लागेका र फर्कदै गरेका दर्शनार्थीहरु मर्कामा परेका छन् ।

यता, काठमाडौंको कपनामा पनि एमाले कार्यकर्ताले कांग्रेस केन्द्रीय सदस्य एवम स्वास्थ्य मन्त्री गगन थापाले आचारसंहिता उल्लंघन गरेको भन्दै दुव्र्यवहार गरेका छन । मन्त्री थापाले भने आफू मामाघर गएर फर्किदै गर्दा कार्यकर्तासंग कोठा भित्र सामान्य छलफल गरेको बताएका छन । उनले फेसबुक लाइभबाट प्रष्टिकरण दिंदै आचारसंहिता उल्लंघन गरेको लागे निर्वाचन आयोगमा उजुरी दिन एमाले कार्यकर्तालाइ चुनौती दिएका छन । बिहान एमाले कार्यकर्ताले मन्त्री थापाले आचारसंहिता उल्लंघन गरेको भन्दै उनी बिरुद्ध आपत्तिजनक नारा लगाउनुकासाथै उनको गाडीमा ढुंगासमेत प्रहार गरेका थिए ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्