केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावमा खटिने कर्मचारीको भत्तामा मात्रै ४ अर्ब खर्च

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा खटिएका र खटिने कर्मचारीको भत्तामा ४ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि ६ हजार ६ सय ४२ वटा मतदान केन्द्रमा करिब ४७ हजार कर्मचारी खटाइसकेको छ । आयोगले खरिदार तहका कर्मचारीलाई १ हजार ३ सय, सुब्बा तहका कर्मचारीलाई १ हजार ६ सय र अधिकृत तहका कर्मचारीलाई २ हजार रुपैयाँ दैनिक भत्ता दिएको छ । भ्रमण खर्च भने ठाउँ अनुसार फरक फरक रहेको छ । यस्तै मतदान केन्द्र रहेको भौगोलिक क्षेत्र अनुसार कर्मचारीलाई ८ देखि २० दिनसम्मको दैनिक भत्ता दिइएको छ । पहिलो चरणमा परिचालन भएका कर्मचारीलाई आयोगले दुई दिन तालिम दिंदा पनि भत्ता दिएको थियो । अर्थ मन्त्रालयले निर्वाचन सम्पन्न गर्नका लागि आयोगलाई १० अर्ब २९ करोड ६३ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्