केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ढुक्क भएर मतदान गर्नुहोस –निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न आम मतदातालाइ आग्रह गरेको छ । आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म सकभर मतदाता परिचय पत्र नभए फोटोसहितको कुनैपनि सरकारी परिचय देखाएर मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ । प्रदेश नम्बर ३, ४ र ६ का चार महानगर र एक उपमहानगरसहित २ सय ८३ स्थानीय तहमा आइतबार निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर भएपनि आफ्नो मत प्रयोग गर्न अपील गर्नुभएको छ । आयोगले चुनाव हुने क्षेत्रमा ४९ लाख ५६ हजार ९२५ मतदाता र ६ हजार ६४२ मतदान केन्द्र तोकिएको जनाएको । पहिलो चरणको चुनावले १३ हजार ५५६ स्थानीय जनप्रतिनिधि चयन गर्नेछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन सबैलाई अपील समेत गरेको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्