केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

सहयात्रा टिभी

काठमाडौं । पाँच दिनका लागि श्रीलंकाको औपचारिक भ्रमणमा रहनु भएकी राष्ट्रपति बिद्या भण्डारीले स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको छ । मतदाताको नाममा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गर्नुभएको हो । सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’
राष्ट्रपति भण्डारीले निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले उत्साहका साथ निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपील गर्नुभएको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्