केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले राज्यकोषको दुरुपयोग गर्यो –एमाले

सहयात्रा टिभी

नेकपा एमालेले निर्वाचनलाई प्रभावित पार्न सरकारबाट राज्यकोषको चरम दुरुपयोग भईरहेको आरोप लगाएको छ । पत्रकार सम्मेलन गरी एमालेले बारम्बारको ध्यानाकर्षका बाबजुद सरकार र सत्तापक्षले निर्वाचनको सर्वमान्य सिद्धान्त र आचारसंहिता विपरित राज्यकोषबाट जथाभावी रकमान्तर पदीय हैसियत र सरकारी साधन स्रोतको दुरुपयोग गर्ने काम नरोकिएको भन्दै आपत्ति जनाएको हो । बिभिन्न जिल्लामा अझैपनि आफ्ना कार्यकर्तामाथि सत्तारुढ दलबाट आक्रमण भईरहेको बताउदै एमालेले  निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।  एमालेले शान्त र समुन्नत समाज निर्माण गर्दै निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनमा रहेका दलहरुलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी हुन एमालेले अपिल गरेको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्