केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतमा मतदान शान्तिपूर्ण, आसपासका जिल्लामा केहीबेर तनाव

सहयात्रा टिभी

सुर्खेत । स्थानीय निकायको पहिलो चरणको निवार्चन अन्तरर्गत सुर्खेतमा विहानैदेखी शान्तिपुर्ण तवरवाट मतदान भैरहेको छ । एक लाख ८४ हजार ३ सय ९९ मतदाता रहेको सुर्खेतमा २४० वटा मतदान केन्द्र रहेका छन । स्थानीत तह ९ मध्ये सवैभन्दा वढि वीरेन्द्रनगर नगरपालिकामा सवैको चासो देखिएको छ । वीरेन्दनगरका १६ वटा वडा हरुमा विहानैदेखि शान्तिपुर्ण तवरले मतदान भैरहेको छ । निर्वाचनमा कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खडकाले सूर्यज्योति मावि केन्द्रबाट मतदान गर्नुभएको छ । यस्तै, सहकारी मन्त्री एवम कांग्रेस नेता हृदयराम थानीले त्रिपुरेश्वर मावि केन्द्रबाट मतदान गर्नुभएको छ । पूर्वमन्त्री एवम एमाले नेता यामलाल कँडेलले भैरव मावि केन्द्रबाट मतदान गर्नुभएको छ । ६ नम्बर प्रदेशका जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लामा बिहान केहीबेर तनाव भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । स्थिति नियन्त्रणमा आएपछि मतदान शान्तिपूर्ण भएको छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्