केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री दाहालको मतदान चितवनमा

सहयात्रा टिभी

चितवन । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितबनको भरतपुर महानगरपालिकाको लंकुस्थित लक्ष्मी माविबाट मतदान गर्नुभएको छ । बिहानै सिमसिम पानीकाबीच प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि पुगेर मतदान गर्नु भएको हो ।
सो मतदान केन्द्रमा भोट खसाउने प्रधानमन्त्री दाहाल ्पहिलो व्यक्ति हुनुहुन्थ्यो । चितवन जिल्लामा कुल मतदाता ३ लाख १३ हजार २ रहेका छन् । जिल्लामा ५ सय ४ पदका लागि दुई हजार २ सय ३ जना चुनावी मैदानमा छन । भरतपुर महानगरपालिकामा करिब १ लाख ५० हजार मतदाता रहेका छन ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्