केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखामा तनाव, एमालेले बुथ नै छाड्यो

सहयात्रा टिभी

दोलखा । स्थानीय तहको निर्वाचनमा दोलखा बढी तनावपूर्ण देखिएको छ । एमालेले काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएपछि तनाव भएको हो । बुथ कब्जाको आरोप लगाउँदै एमाले उम्मेदवार र उनीहरुका एजेन्टले बुथ छोडेका छन । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरी दिएका छन् । बैत्वश्वरको गैरीमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको थियो । तामाकोसीकै कालापानी बुथमा झडप भएको छ । झडपमा एमालेका २ नम्बर वडाका अध्यक्षका उम्मेद्वार परशु कार्की र जिल्ला कमिटी सचिवालय सदस्य जीवस घाइते भएका छन् । मेलुङ गाँउपालिकाको मेलुङ बुथमा पनि सामान्य झडप भएको छ । शैलुङको भूसाफेदामा पनि तनाव भएको छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्