केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्लामा कांग्रेसका २ पक्षबीच तनाव

सहयात्रा टिभी

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ कांग्रेसका आधिकारिक र बागी उम्मेद्वारका पक्षधरहरुबीच लडफा भएको हो । कांग्रेसका भिमबहादुर शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेद्वार छन् । एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो । कर्णालीको तिरमा मतदान स्थल छ । मतदानस्थल भन्दा माथिबाट ढुंगा मुढा प्रहार भएको थियो । दुई पक्षबीचको तनावका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ पनि हो । स्थिति तनावपूर्ण भएपछि मन्त्री शाहीले नै खार्पुमा थप सुरक्षाकर्मी परिचालनका लागि पहल गर्नुभएको थियो । १५ जनाको थप सुरक्षाकर्मीको टोली खार्पु पुगेको छ । अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सञ्चालन भएको हुम्लाका डिएसपी कमल नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्