सिन्धुपाल्चोकमा ४ राउण्ड हवाइ फायर, मतदान प्रभावित

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मतदान केन्द्रमा हवाई फायर भएको छ। मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो। त्यस्तै भिमटार केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको छ । अशक्त व्यक्तिको नाममा सहयोगीले भोट हालेको विषयमा उत्पन्न भएको विवाद नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो।