केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनमा उत्साहपूर्ण सहभागिता, आजैबाट मतगणना

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको चुनाव उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश नम्बर ३, ४ र ६ का बिभिन्न ३४ जिल्लामा २ सय ८३ तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७५ प्रतिशत भन्दा बढी मतदान भएको छ । दोलखा, सिन्धुपाल्चोक, हुम्ला, दैलेख र डोल्पा लगायतका केही स्थान बाहेक सबै क्षेत्रमा चुनाव शान्तिपूर्ण भएको आयोगले जनाएको छ । केही स्थानमा आजैबाट मतगणना गरिने आयोगले जनाएको छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्