केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धमाधम मतगणना, मुख्य तीन दलमै प्रतिष्पर्धा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न अधिकांश स्थानीय तहको मतगणना सुरु गरेको छ । आयोगले गएरातीबाट मतगणना सुरु गरेको हो । ललितपुर महानगरपालिकामा पछिल्लो मत गणना अनुसार कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन । दोस्रो स्थानमा एमालेका हरिकृष व्यन्जनकार र तेस्रो स्थानमा माआवादी केन्द्रका दिनेश महर्जन रहेका छन । काठमाडौं कीर्तिपुर नगरपालिकामा एमालेका रमेश महर्जनले अग्रताले लिएका छन । दोस्रोमा कांग्रेसका राजकुमार नकर्मी र तेस्रँेमा माओवादीका हिराबहादुर महर्जन रहेका छन । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भने कांग्रेसका घनश्याम गिरी पहिलो, एमालेका प्रह्लाद कार्की दोस्रो र माओवादीका श्रीकृष्ण श्रेष्ठ तेस्रो स्थानमा छन । काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा देखिएको छ । काठमाडौं महानगरपालिकाको मतगणना भने आज बिहानबाट मात्रै सुरु हुनेछ । सर्वदलिय बैठकबाट आवश्यक निर्वाचन प्रक्रिया पूरा गरी मत गणना सुरु गरिनेछ । चितवनको भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा पनि आज बिहानबाट मात्रै मतगणना गरिने छ ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्