मनाङमा एमाले विजयी
सहयात्रा टिभी
मनाङ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँ पालिकाबाट एमाले विजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो ।