केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिकोटमा राप्रपा उम्मेदवारको मृत्यु

सहयात्रा टिभी

कालिकोट । कालिकोटमा प्रहरीको गोलीबाट घाइते भएका राप्रपाका वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाका राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको गएराति मृत्यु भएको हो । ४५ वर्षीय बटाला नरहरि गाउ“पालिका–६ का वडा अध्यक्षका उम्मेदवार हुन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका खोस्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए । घाइते तीन जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । प्रहरीको गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता ४५ वर्षीय व्यासी विक राप्रपाका कार्यकर्ता ३० वर्षीय दानबहादुर बटाला र ३२ कुलबहादुर बटाला घाइते भएका छन् ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्