केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनाङका दुवै क्षेत्रमा एमाले विजयी

सहयात्रा टिभी

मनाङ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउ“पालिकाबाट एमाले विजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो । यस्तै, मनाङको नेस्याङ गाउ“पालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेका छन ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्