केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कास्कीमा एमाले प्यालनसहित विजयी

सहयात्रा टिभी

कास्की । स्थानीय तहको पहिलो चरण अन्तर्गत भएको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे । त्यस्तै, एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्